पानीमा डुबेर दुई बालिकाको मृत्यु

पानीमा डुबेर दुई बालिकाको मृत्यु

२३ असोज, झापा ।
झापा र इलाममा पानीमा डुबेर एकै दिन दुई बालिकाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका १ का नरनाथ राईकी ४ बर्षीया छोरी खानुमा राईको बुधवार दिउँसो घर नजिकैको पोखरीमा डुबेर मृत्य भएको हो । राईलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यसैगरी इलामको माई नगरपालिका ५ रमितेका जिवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ ।

बुधवार बिहान आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर घाईते भएकी बालिकालाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.