२३ असोज, सुनसरी । इटहरीमा रहेको सिटी गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा विवेकशील साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले नगद रुपैयाँ र तासका गड्डी पनि बरामद गरेको छ ।
सिटि गेष्ट हाउसभित्र तास खेल्दै गर्दा पक्राउ पर्नेमा इटहरी–९ घर घएका संयोजक गिरीसहित सोही ठाउँका सरोज राउत,सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
उनीहरुको साथबाट नगद तीन लाख ६५ हजार ३६० समेत बरामद गरेको छ । इटहरीको त्यस क्षेत्रमा तास जुवा खेल्नेहरूलाई निगरानीमा राखेको समेत प्रहरीले बताएको छ ।