२३ असोज, विराटनगर ।
अस्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलमा नेपाल ५–० ले पराजित भएको छ ।
अस्ट्रेलियाको जितमा म्याक्लारेनले ह्याट्रिक गरे । छैटौं मिनेटमा गोल गरेर अस्ट्रेलियालाई अग्रता दिलाएका उनले १९ औं तथा इन्जुरी समयमा गोल गरे । अस्ट्रेलियाका लागि साउटरले पनि २ गोल गरे । साउटरले २३ औं तथा ५९ औं मिनेटमा गोल गरेका हुन् ।
यसका बावजुद नेपाली राष्ट्रिय फुटबल टोलीले बलियो प्रतिद्वन्दी अस्ट्रेलियाविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको टिप्पणी गरिएको छ । विश्वकप फुटबल छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई कम गोल गर्नबाट रोकेको हो ।
अस्ट्रेलियाले नेपाली पोस्टमाथि गरेको निरन्तर प्रयास नेपाली गोलरक्षक तथा कप्तान किरण चेमजोङ तथा रक्षापंक्तिका खेलाडीले गरेका थिए । शारिरिक रुपमा सशक्त देखिने विपक्षीमाथि नेपाली टोलीको यो निकै राम्रो प्रदर्शन हो ।