पाँचथरमा छुट्टाछुटै हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

पाँचथरमा छुट्टाछुटै हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

२४ असोज, पाँचथर । याङवरक गाउँपालिकामा भएका दुई वटा छुट्टाछुटै हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

असोज १६ गते याङवरक–२ सिलसिले भन्ने ठाउँका ३८ वर्षीय रामलाल कार्कीको टाउकोमा ढुङगा प्रहार गरी हत्या भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा फरार रहेका सोही गाउँपालिका–३ का २३ वर्षीय रनबहादुर सेलिङलाई प्रहरीले पक्राउ गरेको छ । सेलिङ फिदिम–१ मा लुकेर बसेको बेला शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, बुधबार याङवरक गाउँपालिका – ६ नागीमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । घर ज्वाइँ बस्दै आएका ४० वर्षीय अर्जुन मावोको छुरी प्रहार गरी बुधबार हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा याङवरक–६ कै १७ वर्षीय आइतराज योङहाङ र २० वर्षीय बुद्धिराज योङहाङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारि अनिलकुमार पौडेलले वताउनुभयो । पक्राउ परेकामााथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.