२४ असोज, एजेन्सी । क्यारिबियन प्रिमियम लिग (सीपीएल) मा नेपालका लेग स्पीनर सन्दीप लामिछानेको टिम फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा ट्रीबागो नाइट राइडर्सलाई १२ रनले पराजित गर्दै सन्दीप आवद्ध टिम बार्बाडोसले गायना अमाजोन वारियर्ससँगको भेट पक्का गरेको हो ।
वारियर्सले पहिलो क्वालिफायरमा बार्बाडोस वारियर्सलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको थियो । हारपछि बार्बाडोसले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नु परेको थियो ।
फाइनल खेल आइतबार टरौबा मैदानमा पौने तीन बजे सुरु हुनेछ । सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए ।
बार्बाडोसबाट यस सिजनमा सन्दीपले ६ खेल खेलेपछि राष्ट्रिय टोलीका लागि खेल्न सिंगापुर गएका थिए । सिंगापुरमा भएको त्रिदेशीय टी–२० सिरिज लगत्तै नेपाली टोली फेरि पाँच देश सम्मिलित टी–२० सिरिज खेल्न ओमान गएको थियो ।