२४ असोज, काठमाडौँ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारी सम्मानित भएका छन् ।
मोरङ जिल्लामा आए यता उनले गरेको उत्कृष्ट कार्यसम्पादनको आधारमा प्रहरी प्रधान कार्यालयले प्रहरी दिवसका अवसरमा एसपी अधिकारीलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो । अधिकारीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रशंसापत्र प्रदान गरेका छन् ।
‘अन्तर जिल्ला कार्यदक्षता मुल्याङ्कन–२०७६’ का आधारमा गरिएको अनुगमन तथा मुल्याङ्कनले कार्यालय प्रमुखको जिम्मेवारीलाई कुशलता पूर्वक सम्पन्न गर्नुका साथै उच्च व्यवसायिक क्षमता प्रदर्शन मार्फत अधिकारीले उत्कृष्ट कार्यसम्पादन गरेको ठहर गरिएको छ । अधिकारी गत जेठदेखि मोरङको प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।