एजेन्सी, असोज २५
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पेरुलाई पराजित गरेको छ । शनिबार बिहान मोन्टेभिडियोमा भएको खेलमा घरेलु टोली उरुग्वेले पेरुलाई १–० ले पराजित गरेको हो ।
उरुग्वेको जितमा ब्रियान रोड्रिग्वेजले पहिलो हाफकोे १६औं मिनेटमा गोल गरे । यही गोल नै उसका लागि निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा उरुग्वे १–० ले विजयी हुन सफल भयो ।