सीको सवारीका बेला सर्वसाधारणलाई अलि पर राखिने

सीको सवारीका बेला सर्वसाधारणलाई अलि पर राखिने

२५ असोज, काठमाडौँ ।
नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका बेला सडक छेउमा सर्वसाधारणलाई उभिन समेत नदिइने भएको छ ।

सी को यात्राका लागि उच्च तहको सुरक्षा प्रदान गरिएकाले उनको सवारी हुने बेला सडकलाई खाली गरिने महानगरिय प्रहरी परिषरका प्रवक्ता डिएसजी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनका अनुसार सुरक्षा व्यवस्था अति कडा पारिएको छ । राष्ट्रपति सी को सवारी हुने बेला सवारी मार्ग खाली गरिने छ । बाटो छेउमा उभिएर हेर्न वा झुम्मिन दिइने छैन । सर्वसाधारणलाई राष्ट्रपति सी को सवारीका बेला अलि पर नै राखिने उनले बताए ।

सी को सवारी हुनु भन्दा झण्डै एक घण्टा पहिलेदेखि बाटो खाली गर्ने तयारी रहेको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.