२५ असोज, काठमाडौं ।
शनिबार काठमाडौँ उपत्यकाबाट चारजना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारेका बेला उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुलाई थापाथली, बिजुलीबजार र तीनकुनेबाट नियन्त्रणमा लिइएको महानगरिय प्रहरी परिषर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए
यसअघि २४ जना शंकास्पदलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।