राष्ट्रपति सी र देउवाको भेट आजै

राष्ट्रपति सी र देउवाको भेट आजै

२५ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ । उनीहरुबीच आज साँझ ७ : १५ मा भेटवार्ता हुने जनाईएको छ ।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शुक्रबार काठमाडौं आइपुग्नेछन् । र, आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ होटल सोल्टीमा रात्रीभोज दिनेछिन् ।

त्यसअघि देउवाले राष्ट्रपति सीलाई भेट गर्ने तय भएको कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पुष्टि गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.