२५ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नाईबाट विशेष विमानमार्फत काठमाडौँका लागि प्रस्थान गरेका छन् ।
उनी सवार विमान नेपाली समय अनुसार १ः४५ बजे चेन्नाईबाट काठमाडौँका लागि उडेको हो ।
चेन्नाईबाट काठमाडौँ उडान झण्डै तीन घण्टाको छ । यस हिसाबले राष्ट्रपति सी साँझ ४ः ४५ बजे त्रिभवन विमानस्थलमा अवतरण हुनेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा सीलाई स्वागत गर्ने कार्यक्रम छ । उनलाई विमानस्थलमै गार्ड अफ अनर दिइने छ । त्यसपछि सी सोझै सोल्टी होटल प्रस्थान गर्नेछन् ।