राष्ट्रपति सीसँग दाहालको नेतृत्वमा नेकपा टोलीको भेटवार्ता

राष्ट्रपति सीसँग दाहालको नेतृत्वमा नेकपा टोलीको भेटवार्ता

२६ असोज, काठमाडौँ ।
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेकपाको सचिवालय सदस्यहरुसँग सामुहीक भेटवार्ता गरेका छन् ।

आईतबार बिहान भएको भेटमा राष्ट्रपति सीले सुरुमा केही मिनेट पूर्व प्रधानमन्त्री दाहालसँग एक्लै वार्ता गरेपश्चात नेकपाको सचिवालय सदस्यहरुको टोलीसँग भेट गरेका हुन् ।

राष्ट्रपति सीसँग भेटवार्ता गर्नेहरुमा पूर्व प्रधानमन्त्री माधव नेपाल लगायत वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ रहेका छन् । नेकपाको टोलीसँगको भेटवार्ता पछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.