नेपाल र चीनबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्ता सम्पन्न

नेपाल र चीनबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्ता सम्पन्न

२६ असोज, काठमाडौं ।
नेपाल र चीनबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्ता सम्पन्न भएको छ । आईतबार बिहान भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्व गरेका थिए । वार्ताको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले सम्बोधन गरे । लगत्तै चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरेपछि वार्ता औपचारिक रुपमा कार्यसूचीमा प्रवेश पाएको थियो ।

दुवैपक्षबीच वार्ताको सहमतिमा पत्रमा हस्ताक्षर गर्ने तयारी हुँदैछ । यसअघि छलफल भइसकेको बहुआयामिक सम्पर्क सञ्जाल सम्बन्धि मुद्दा नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको थियो । सञ्जाल अन्तगर्त हिमालय वारपार चीन र नेपालबीच सडक, रेल्वे, विद्युत प्रसारण लाइनले जोडने विषयमाथि दुवै देशका अधिकारीहरुबीच पटक पटक छलफल भएको थियो । तयारी पुरा भएको विषयलाई चिनियाँ राष्ट्रसित सी चिनफिङको नेपाल भ्रमणको क्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिने दुवै देशले तयारी गरेको थियो ।

काठमाडौंको होटेल सोल्टीमा ११ बजेर १० मिनेटबाट सुरु भएको वार्ता करीब ४० मिनेट चलेको थियो । वार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.