प्रादेशिक आयुर्वेद चिकित्सालयमा आगलागी

प्रादेशिक आयुर्वेद चिकित्सालयमा आगलागी

२६ असोज, दाङ । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्म कोठा (बिरामीलाई सेक्ने कोठा) मा आगलागी भएको छ ।

ग्यास सिलिण्डरमा आगलागी हुँदा कोठामा आगो सल्किएपछि एक लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । कोठामा रहेको दुई ओटा दराजमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शनिबार राति भएको आगलागी दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.