एनआरएनएको महासचिव पदका लागि डा.केशव पौडेलको उम्मेदवारी

एनआरएनएको महासचिव पदका लागि डा.केशव पौडेलको उम्मेदवारी

२६ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न नवौं सम्मेलन (२०१९-०२१) का लागि डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नौ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् । दुई कार्यकाल एनआरएन अमेरिकाको अध्यक्ष भइसकेका उनले सुदृढ र पारदर्शी एनआरएन बनाइ छाड्ने प्रतिबद्धता पनि जनाए ।

घोषणा कार्यक्रममा उनले विदेशमा हुर्किएको पुस्तालाई मातृभूमिप्रति जिम्मेवार बनाउँदै संस्थामा नयाँ पुस्तालाई आकर्षित गर्ने योजनाहरु रहेको सुनाए । उनले एनआरएनएको अभियानमै ब्यापक सुधार आवश्यक रहेको बताए । संस्थागत विकासको परिपाटीलाई अभिबृद्धि गर्दै एनआरएनएमा नियमित संचार र अन्तरक्रिया गराउने छुट्टै माध्यमको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

सचिबालय व्यवस्थापन र सुदृढिकरण, संस्थागत विकास र सदस्यता अभिबृद्धि, संस्थामा सरल पहुँच र समान वितरण, गतिशिल नेतृत्व तथा दिगो निती आफ्नो प्राथमिकतामा रहेको उनले बताए । आफू अमेरिकामा चिकित्सा पेशामा रहेर सेवामुलक काम गरिरहेको बताउँदै उनले एनआरएनएमार्फत परोपकारी कामलाई अझै बढी प्राथमिकता दिनुपर्ने पनि बताए ।

यही असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा चल्ने गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलनमा विश्वका करिब ८१ देशका प्रतिनिधि नेपाल आइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.