NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी शनिबार भदौ २१ , २०८२
नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल शनिबार भदौ २१ , २०८२
जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट शुक्रबार भदौ २० , २०८२
पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ? शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट शुक्रबार भदौ २० , २०८२
Next
Prev

समाचार

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

आइतवार अशोज २६ , २०७६
Reading Time: 1 min read
A A
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ असोज,काठमाडौँ । 

विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ ।

राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

LS Auto

चीन असल छिमेकी मित्रराष्ट्र मात्र हैन, आर्थिक सहायता, पर्यटन, व्यापार प्रवद्र्धन, पूर्वाधार विकास, सांस्कृतिक सम्बन्धको अटुट आयाम भएको साझेदार मुलुक पनि हो ।

राष्ट्रपति सीको नेपाल भ्रमणको सन्देश विश्वभर पुग्ने भएकाले विभिन्न मुलुकबाट पनि नेपाल आउने पर्यटक बढ्ने अनुमान गरिएको छ । महाशक्ति राष्ट्रका रुपमा उदाएको छिमेकी मुलुक चीनले विश्व पर्यटनमा सबैभन्दा बढी योगदान गरिरहेको छ, अर्थात् चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्घको सन् २०१९ को अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी महत्वपूर्ण टिप्पणीको संस्करण ‘इन्टरनेशनल टुरिज्म हाइलाइट्स इडिसन’ का अनुसार सन् २०१८ को अवधिमा विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्या एक अर्ब ४० करोड पुगेको छ । यो सङ्ख्या हरेक वर्ष पाँच प्रतिशतले बढिरहेको छ भने चीनबाट मात्रै विश्व भ्रमणमा निस्कने पर्यटकको सङ्ख्या वार्षिक १५ प्रतिशतले बढेको छ ।

विश्व अर्थतन्त्रको दोस्रो ठूलो छिमेकी मुलुक चीन र अर्थतन्त्रमा उदीयमान मुलुक भारत नेपालको पर्यटन बजारका मुख्य स्रोत मानिन्छन् । यी मुलुकबाट हरेक वर्ष पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ । पर्याप्त प्रचारप्रसारको अभावमा पनि चीनबाट पर्यटक बढिरहेका छन् । नेपालमा सर्वाधिक पर्यटक आउने मुलुकमा चीन भारतपछि दोस्रो स्थानमा पर्छ । पछिल्लो पाँच वर्षको आँकडालाई हेर्दा नेपालमा निरन्तररुपमा चिनियाँ पर्यटक बढेको देखिन्छ । बोर्डका अनुसार सन् २०१९ को आठ महीना ९जनवरीदेखि अक्टोबरसम्म० को अवधिमा सात लाख ८२ हजार ६०० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

उक्त अवधिमा चीनबाट मात्रै एक लाख छ हजार ५० चिनियाँ नागरिक नेपाल आएका छन् । जुन सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो । सन् २०१८ मा इतिहासकै सबैभन्दा बढी १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल आए ।

त्यस्तै सन् २०१७ मा ९३ हजार ६५४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा चीनबाट एक लाख चार हजार पाँच पर्यटक आएका छन् । गोरखा भूकम्प र नाकाबन्दीका बाबजुद पनि सन् २०१५ मा ६४ हजार ६७५ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१४ मा एक लाख २३ हजार ८०५ चिनियाँले नेपाल भ्रमण गरेका थिए ।

तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विज्ञहरु बताउँछन् । राष्ट्रपति सीको भ्रमणले नेपाललाई विश्व पर्यटनको थप आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने उनीहरुको विश्वास छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले संसारभर नेपालको प्रवद्र्धन हुने र चीनबाट मात्र नभई विश्वका अन्य मुलुकबाट पनि चिनियाँ पर्यटक बढ्ने बताए ।

चिनियाँ राष्ट्रपति जुन मुलुकमा जान्छन्त्य हाँ चिनियाँ पर्यटक बढेको उदाहरण दिँदै उनले नेपालको पर्यटनका लागि राष्ट्रपति सीको भ्रमण महत्वपूर्ण अवसर भएको उल्लेख गरे । स्वार्थरहीत सम्बन्ध स्थापना गर्ने चीनले आर्थिक सहायता, पूर्वाधार विकास आदिमा जति साझेदारिता बढाएको छ, मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको समग्र पर्यटन क्षेत्रमा पनि चीनको उत्तिकै योगदान छ ।

लुम्बिनी विकास कोषका सद्भावना राजदूत विक्रम पाडेकाजीले चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनका निम्ति ठूलो अवसर भएको र यसले चिनियाँ पर्यटकको बढोत्तरीमा अग्रगामी छलाङ मार्ने विश्वास व्यक्त गरे ।

उनले भने, “विश्वको शक्तिशाली मुलुक चीनका राष्ट्र प्रमुखको नेपाल भ्रमणले नेपालको गरिमा बढाउँछ नै यसले विश्व पर्यटनमा नेपालको सकारात्मक सन्देश पनि जान्छ । नेपाल भ्रमणमा जानैपर्ने देश रहेछ भन्ने धारणा पर्यटकमा पैदा गराउने भएकाले पनि यो भ्रमणको ऐतिहासिक हुन्छ ।”

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले नेपालको पर्यटनको राम्रो स्रोत बजारबाट राष्ट्र प्रमुखको भ्रमणले नेपालको पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए ।

ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहाल पनि विश्वकै शक्तिशाली छिमेकी मुलुक चीनका राष्ट्रपतिको नेपाल भ्रमण नेपालको पर्यटन प्रवद्र्धनका लागि ठूलो अवसर भएको उल्लेख गरे ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको भ्रमणले पर्यटन क्षेत्रमा उल्लासको वातावरण सिर्जना भएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहीअनुरुप राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धनको कामलाई प्रभावकारीरुपमा अघि बढाएको छ ।रासस

लोकप्रीय

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी

शनिबार भदौ २१ , २०८२
नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

शनिबार भदौ २१ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२

विचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी

शनिबार भदौ २१ , २०८२
नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

शनिबार भदौ २१ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२

थप समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी

शनिबार भदौ २१ , २०८२
नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल
खेलकुद

नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

शनिबार भदौ २१ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी

शनिबार भदौ २१ , २०८२
नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

शनिबार भदौ २१ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.