रौतहटमा गोली हानेर युवकको हत्या

रौतहटमा गोली हानेर युवकको हत्या

२६ असोज, रौतहट ।
रौतहटको इशनाथ नगरपालिकामा गोली हानेर एक युवकको हत्या भएको छ । आईतबार भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको हो ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २५ बर्षका छन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.