२६ असोज, संखुवासभा ।
संखुवासभाको मादी नगरपालिका–४ की ३५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन । मादा जिल्ला नमुनिया घर भई मादी नगरपालिका–४ मा बसोबास गर्ने ३९ बर्षीय शेफ कुलिन पक्राउ परेका हुन ।
मादी नगरपालिका–४ मा बसी कवाडी किनबेच गर्दे आएका उनले आइतबार बिहान मानसिक रोगी समेत भएकी महिलालाई मेलबोटे जंगलमा जबरजस्ती करणी गरीरहेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी चौकी मादी राम्बेनीबाट खटिएको प्रहरी टोलीले कुलिनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कुलिनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।