२६ असोज, काठमाडौँ ।
उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने औपचारिक नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । नेपाल र चीनबीचभएको उच्चस्तरीय भेटवार्ताकाक्रममा दुई देशबीच १८ समझदारी पत्र र २ लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर र सहमति भएको छ । आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान गरिएको हो ।
नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेकाले राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिकपूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दै आएको र यसमा चीनको सहयोग रहने भएको छ । नेपाल र चीन वीच चार वटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार निमार्ण गर्ने सम्झौता भएको छ । । उर्जा, रेलवे, सूचना प्रविधिको बिस्तार गर्ने, केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने, पर्यटन, सडक सञ्जालसहित कनेक्टिभिटीसका विषयमा पनि सहमति भएको छ । यस्तै काठमाडौं महानगरपालिका र नान्सीशहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न नेपाल र चीन बीच सहमति भएको छ ।
नेपाललाई ‘भूपरिवेष्टित मुलुक’ बाट ‘भूजडित’ मुलुकबन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्ग सहितका योजनामा चीनको साथ र सहयोग रहने चिनियाँ राष्ट्रपति सी जिनपिङले उल्लेख गरे । त्यस्तै,नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नेपनि प्रतिबद्धता व्यक्त गरेका छन् । दुई देशकाविभिन्न सहरलाई ’भगिनी सहर’ का रूपमा अघि बढाउन उत्प्रेरित गर्ने उल्लेख गर्दै सीले लुम्बिनी बुद्धको जन्मस्थल भएकाले चीनमा बुद्ध धर्म मान्नेहरूको संख्या संसारमै बढी रहेको र आगामी दिनमा बुद्ध धर्म मान्ने चिनियाँहरू बढीभन्दा बढी नेपाल घुम्न आउने बताए ।
जलवायु परिवर्तनप्रति नेपालीपक्षको चासोलाई चिनियाँपक्षले राम्ररी बुझेको र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतामा नेपाल पक्षको उपयुक्त मागलाई चीनको समर्थन रहने बताइएको छ । अरनिको राजमार्ग सञ्चालन गर्नेे र नेपालचीन विच बढीभन्दा बढी नाकाहरु खोल्ने सहमति पनि भएको छ ।
लामो समयपछिको उच्चस्तरीय भ्रमण आफैमा महतवपूर्ण र नेपालका लागि ए्तिहासिक हो । तर अब भएका सहमति र समझदारी अक्षरश कार्यान्वयनमा आउनुपर्छ तब मात्रै चीनका तर्फबाट २३ वर्षपछि भएको सीको नेपाल भ्रमण वास्तविक रुपमा ऐतिहासिक हुनेछ ।