२७ असोज, झापा ।
झापाको कचनकवल गाउँपालिका–२ केचना बस्ने १८ बर्षीय सौरव ढुङगाना खोलाले बगाएर बेपत्ता भएका छन् ।
आईतवार दिउँसो भारतको किशानगञ्जबाट मेला हेरेर फर्किएका सौरव लगायतका ३ र ४ जना साथीहरु अपरान्ह ४ बजेको समयमा मेची खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ढुङ्गाना बेपत्ता भएका हुन् ।
बेपत्ता भएका ढुङगानाको नेपाल प्रहरी, शशस्त्र प्रहरी र भारतिय प्रहरी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।