अरिंगाल खाँदा १० जना बिरामी

अरिंगाल खाँदा १० जना बिरामी

२७ असोज, रुकुमपूर्व ।

अरिंगाल खाँदा रुकुमपूर्वका पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गंगा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् ।

बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । शनिबार साँझ जंगलबाट ल्याएको अरिंगाल भुटेर १२ जनाले खाएका थिए ।

बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ । अहिले उनिहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेब मदन खड्काले जानकारी दिए ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.