बाग्लुङमा उप–निर्वाचनको उम्मेद्वारका लागि काँग्रेसबाट चार जनाको नाम सिफारिस

बाग्लुङमा उप–निर्वाचनको उम्मेद्वारका लागि काँग्रेसबाट चार जनाको नाम सिफारिस

२७ असोज, बाग्लुङ । बाग्लुङमा उप–निर्वाचनको उम्मेद्वारका लागि नेपाली काँग्रेसबाट चार जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

आगामी मसिंर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहहरुमा रिक्त रहेको पदको उप निर्वाचन हुँदैछ । बागलुङ क्षेत्र नम्बर २ ‘ख’ मा प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्ष पदका लागि उप–निर्वाचन हुँदैछ ।

प्रदेश सभा सदस्यमा निर्वाचित टेकबहादुर घर्तीको निधन भएको र वडाध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि यी दुवै स्थान रिक्त रहेका थिए । विभिन्न राजनीतिक दलहरु आफ्नो पाटीभित्र उम्मेद्वार छनौट प्रक्रियामा लागेका छन् ।

काँग्रेसको प्रदेश क्षेत्रीय समितिले पार्टी भित्रका सम्भावित चार उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको क्षेत्रीय सभापति नरजंग घर्तीले जानकारी दिए । उम्मेवारका लागि काँग्रेसका महाधिवेशन प्रतिनिधि जित बहादुर शेरचन, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति द्रोण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्तीको नाम केन्द्रमा पठाएको हो ।

उम्मेद्वारको नाम सिफारिस गरे पनि टुंगो भने केन्द्रीय समितिले लगाउने नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.