२७ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन् ।
सिल्क रोड युथ फोरमले सोमबार काठमाडौमा गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्र्दभमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टी को नेतृृत्वमा रहेको सरकारका अनुभवन र कामहरु सिक्न चाहेको बताएका हुन् ।
नेपालका कम्युनिष्टहरुले जनतासंग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दे उनले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपाल को विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पारे ।
उपप्रधानमन्त्री पोखरेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरे ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू परिवेष्ठितबाट भूजडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दे उनले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए ।
भ्रमण हुनु पूर्व कतिपयले चीन सरकारसंग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दे उनले नेपाल सरकार छिमेकी मुलुकसंगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे ।
उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापुर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकरा प्रतिवद्ध रहेको बताए ।