महरालाई अनुसन्धानका लागि म्याद लिन अदालत लगियो

महरालाई अनुसन्धानका लागि म्याद लिन अदालत लगियो

२८ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अनुसन्धानका लागि पहिलोपटक म्याद लिन आज मंगलबार अदालत लगिदैछ । हाल महरालाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा सोधपुछका लागि लगिएको छ ।

यसपछि सरकारी वकिलको कार्यालयले म्याद थपको पत्र काटेपछि महरालाई अदालत लगिनेछ । अदालत खुलेसँगै महरालाई जबरजस्ती करणी उद्योगको कसुरमा अनुसन्धानका लागि म्याद लिन काठमाडौं जिल्ला अदालत लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले पक्राउ गरेसँगै उच्च रक्तचाप र तनावका कारण नर्भिक अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सिधै काठमाडौं जिल्ला अदालत लगिएको परिसरले जनाएको छ ।

संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई दस दिनअघि महानगरीय प्रहरी बृत्त बानेश्वरले पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.