२८ असोज, विराटनगर ।
मोरङ प्रहरीले अवैध हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । सोमबार विराटनगर–४ कन्चनबारी चोकमा अवैध हुण्डी कारोवार गर्ने मानिस हिडडुल गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरी बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रोकायलाई पक्राउ गरेको हो ।
शंकास्पद चिजवस्तु बोकी हिडडुल गरिरहेको अवस्थामा फेला परेका रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट १० लाख, प्राईम बैंक र एन.सी.सी. बैंकको चेकबुक १÷१ थान लगायतका सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रणमा लिईएका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाईएको मोरङ प्रहरीले जनाएको छ ।