जबरजस्तीकरणी गरी फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

जबरजस्तीकरणी गरी फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

२८ असोज, विराटनगर ।
जिल्ला अदालत मोरङबाट जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय फैसला भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१५ बस्ने ४६ वर्षीय राजा साह रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरि मंगलबार जिल्ला अदालत मोरङमा पेश गरेको हो । जिल्ला अदालतले २०६७ कात्र्तिक २७ गते साहलाई दोषी ठकर गर्दे सजाय तोकेको थियो ।

त्यसैगरी भदौ २२ गते विराटनगर महानगरपालिका–१२ बस्ने २३ वर्षीय राजकुमार कामतले विराटनगर १५ बस्ने सागर महतोलाई एक्कासी खुकुरीले प्रहार गरी घाईते बनाई हालसम्म फरार रहेका प्रतिवादी राज कुमार कामतलाई २० गते गते विराटनगर ६ बाट पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाईएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.