विराटनरबाट ४ दर्जन अवैध कुखुरा बरामद

विराटनरबाट ४ दर्जन अवैध कुखुरा बरामद

२८ असोज, विराटनगर ।
बिराटनगर–१६ दरैया स्थित भित्री बाटोमा अबैध रुपमा भारतबाट नेपाल तर्फ साइकलमा ल्याउदै गरेको ४८ वटा कुखुरा प्रहरीले बरामद गरेको छ ।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ कुखुरा ल्याउने व्यक्ति कुखुरा छाडी भागेका थिए ।

पक्राउ परेका कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेनटाईन चेकपोष्ट विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.