एसिड पीडित मुस्कानलाई भेट्न अस्पताल पुगे राजेश हमाल

एसिड पीडित मुस्कानलाई भेट्न अस्पताल पुगे राजेश हमाल

२८ असोज, काठमाडौँ ।
एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई अभिनेता राजेश हमालले भेटेका छन् ।हमालले सोमबार कीर्तिपुर अस्पतालमै पुगेर मुस्कानलाई भेटेका हुन् ।

मुस्कानको अवस्था देखेर राजेश हमाल एक छिन भावविह्वल भएका थिए । अभिनेता हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने भनी सान्त्वना दिँदै छिट्टै घर फर्किन मिल्ने मुस्कानलाई आश्वासन समेत दिएका थिए । महानायक हमालले भेट गर्दा मुस्कान पनि खुशी देखिएकी थिइन् ।

एसिड आक्रमणमा परेपश्चात लाई देश तथा विदेशका कलाकारहरुले सन्देश पठाएर तथा भेटेर निकै उत्साह थपिरहेका छन् । बलिउडका कलाकारहरु अमिताभ बच्चन, वरुण धवन लगायतले मुस्कानको विषयमा भिडियो सन्देश पठाएका छन् भने नेपाली कलाकारहरुले पनि अस्पतालसम्मै पुगेर मुस्कानसँग कुरा गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.