मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

२९ असोज, उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका–७ कालीखोलामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको मे ६ प ९५३९ नम्बरको मोटरसाईक आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाईकल चालक त्रियुगा नगरपालिका–५ देउरी बस्ने २५ बर्षीय दिपेन्द्र राना मगर र पछाडी सवार रहेका २२ बर्षीय शुशिल थापा घाईते भई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाईकल चालकको राती पौने १० बजे मृत्यु भएको हो ।

अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.