२९ असोज, दुहवी ।
सुनसरीको दुहवी नगरपालिका–१२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबिरेहको साथीहरुले देखे पश्चात आफन्तलाई खबर गरेका थिए ।
उनको तत्काल उद्धार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।