२९ असोज, ईटहरी । ईटहरी उपमहानगरपालिका–१९ बस्ने ६१ बर्र्षीया कालीमाया राईको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार बिहान पौने ९ बजे धरानतिनकुनेस्थित कोशीराजमार्गमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशा तर्फ जाँदै गरेको को १ ख १९३० नम्बरको बसले पछाडीबाट ठक्कर दिँदा स्कुटर पछाडी सवार कालीमायाको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
स्कुटर चालक श्रीमान् जयबहादुर राई सामान्य घाईते भएका छन् । स्कुटी, बस र बस चालक उक्त कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।