एनआरएनएको चुनावी प्रचार अभियान तीव्र

एनआरएनएको चुनावी प्रचार अभियान तीव्र

२९ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका चयनका लागि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ ।

काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ–आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन् । चुनावी प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ–आफनै पक्षको जीत हुने दावी पनि गरेका छन् ।

सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन् भने प्रतिस्पर्धी आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सारेका छन् ।

पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिएका छन् । अर्का अध्यक्षका प्रत्यासी आचार्यले पसिना कोषको स्थापना गरेर सबै गैरआवासीय नेपालीहरुलाई राहत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । उनले मुलुकको विकासमा गैर आवासीय नेपालीहरुको श्रम, सीप र पूँजी परिचालन गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

अहिले निर्वाचनका लागि मतदानको तयारी भईरहेको छ । निर्वाचनमा भाग लिनका लागि एनआरएनएका २६ सयभन्दा बढि प्रतिनिधिहरु सहभागी भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.