भारत–चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदैछ : अध्यक्ष दाहाल

भारत–चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदैछ : अध्यक्ष दाहाल

२९ असोज, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राष्ट्रिय हित र समृद्धिमा सहायक हुनेगरी मुलुकको अन्तराष्ट्रिय सम्बन्ध विकसित भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपछि भारत–चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको विश्वास पनि व्यक्त गरे ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको छ,’ अध्यक्ष दाहालको विश्वास थियो, ‘यसले नेपाललाई उज्वल भविष्यतर्फ डोहो¥याउने सुनिश्चित भएको छ ।’ अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा व्यक्त गरेको सद्भाव र विश्वासले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको पनि बताए ।

दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर पार्टीले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सरकार मुलुकको समृद्धि र विकासको काममा केन्द्रित भएको पनि बताए ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालका राजनीतिक दलहरुले नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्दै त्यसमा आफूलाई गर्व लाग्ने गरेको पनि दोहो¥याए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.