मन्त्रीहरु परिवर्तन हुन सक्छन् : उपप्रधानमन्त्री पोखरेल

मन्त्रीहरु परिवर्तन हुन सक्छन् : उपप्रधानमन्त्री पोखरेल

२९ असोज, काठमाडौँ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रीपरिषद पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो ।

नेकपाा सचिवालयका सदस्य समेत रहेका उनले मन्त्रीपरिषद पुनर्गठन गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले त्यसमा अन्यथा टिप्पणी गरिरहन जरुरी नभएको पनि स्पष्ट पारे ।

बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रीपरिषद पुनर्गठन गर्न सक्ने पनि बताए । ‘मन्त्रीहरु परिवर्तन हुन सक्छन् ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन ।

उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको विश्वास पनि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.