अमेरिकी बक्सर प्याट्रिक डेको निधन

अमेरिकी बक्सर प्याट्रिक डेको निधन

३० असोज, एजेन्सी ।
चाल्र्स कनवेलसँगको फाइटको क्रममा ब्रेन इन्जुरीबाट ग्रस्त भएका अमेरिकी बक्सर प्याट्रिक डे को २७ वर्षकै उमेरमा निधन भएको छ ।

मष्तिस्क चोटग्रस्त भएको चार दिनपछि प्याट्रिकको बुधबार निधन भएको हो ।

सिकागोमा भएको सुपर वेल्टरवेट बोटको १० औँ चरणबाट उनी बाहिरिएका थिए । उनलाई गएको शनिबार कोमामा गएका थिए । बुधबार उनको निधन भएको जानकारी दिइएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.