फेरि आन्दोलन गर्ने प्रचण्डको इच्छा

फेरि आन्दोलन गर्ने प्रचण्डको इच्छा

३० असोज, चितवन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको उद्देश्यका निम्ति फेरि एक पटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन्।

चितवनमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट पार्टीहरुले आफूमा लागेको धुलो पखाल्ने बेला आएको बताए।

उनले भने, हामीमा धुलोमैलो लागेको छ। उपचार नै नहुनेगरि होइन। ग्याष्ट्रिकसम्म भएको होला, क्यान्सर भएको छैन्। यसको बेलैमा उपचार गरौं। हामी माथि पनि यही कुराको समीक्षा गर्दैछौं।

हामी त जीवनको उत्तरार्धमा आइसक्यौं। बाँकी जीवन एकपटक फेरी समाजवादको उद्देश्यका निम्ति यो पार्टीलाई कम्युनिस्ट पार्टी जस्तो बनाउनका निम्ति फेरी एकपटक आन्दोलन गर्ने इच्छा छ।

उक्त आन्दोलन कम्युनिस्ट यस्तो हुन्छ भन्ने उदाहरण बन्ने पनि बताए। प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो उदाहरण सुनाउँदा आफूहरुको आलोचना गरेको जस्तो लागेको पनि बताए।

उनले भने, उहाँले कुरा गर्दा तिमीहरु अराजक छौं भनेको होकी जस्तो लाग्यो। तर, उहाँले त आफ्ना कुरा मात्रै गर्नुभयो। अझै हामीलाई धन्यवाद दिनुभयो, पार्टी एकता गरेर ठूलो काम गर्नुभयो, महान काम गर्नुभयो। तपाईहरु ठूला नेता हो पनि भन्नुभयो।

उनले थपे, उहाँले आफ्नो कुरा गर्दै गर्दा नेकपाका नेता कार्यकर्ताहरु अराजक छौ, स्वार्थी छौ, तिमीहरु आफ्नो गुटको अनुशासन मान्छौ। पार्टी अनुशासन मान्दैनौ।

पार्टीबाट निर्णय एउटा गर्छौ तर गर्ने बेलामा अर्को गर्छौ। निर्णय गर्दा एउटा उमेद्वार भन्छौ, जिताउने बेलामा अर्कैलाई जिताउँछौ भन्या जस्तो लाग्यो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.