जग्गा किन्न जानेलाई सुकुम्बासीले थुने प्रहरी बिटमा, सकुशल उद्दार

जग्गा किन्न जानेलाई सुकुम्बासीले थुने प्रहरी बिटमा, सकुशल उद्दार

३० असोज, विराटनगर ।
मोरङको पथरीशनिश्चरे–७ स्थित किरात चोकमा खाली प्रहरी बिटमा थुनिएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ ।

बुधबार सो स्थानको सुकुमबासी बस्तीमा जग्गा किन्न भन्दै गएका ईटहरी–५ बस्ने ४१ वर्षीय राजन लिम्बु र धरान –११ बस्ने बर्ष ३७ वर्षीय मजिम खानलाई अन्दाजी १५० जनाको संख्यामा रहेका सुकुम्बासीले थुनेका थिए ।

खाली प्रहरी बिटमा थुनेर राखेको भन्ने खबर प्राप्त हुनासाथ ईप्रका पथरीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको हो । उनीहरुलाई ईप्रका पथरीमा ल्याई सोधपुछ गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.