३० असोज, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् ।काँग्रे्रस केन्द्रिय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक÷फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरेका हुन् ।
सांसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए । सोही पदमा आफ्नो पार्टीको दाबी रहेको बस्नेतको भनाई छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दाबी पनि गरे ।
काँग्रेस केन्द्रिय सदस्य बस्नेतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने पनि बताए ।