नेपाललाई २४ वर्ष भित्र गरिबीमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य

नेपाललाई २४ वर्ष भित्र गरिबीमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य

३० असोज, काठमाडौँ ।
सरकारले २४ वर्ष भित्र मुलुकमा गरिबी निवारण गरिसक्ने लक्ष्य लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्ष भित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताएका हुन् ।

अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिबी निवारणका लागि सरकारले सो सम्बन्धि छुट्टै नीति तय गरेको पनि स्पष्ट पारे ।

मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक छ । सचिव गौतमले गरिबीको रेखामुनि रहेका ती जनसंख्यालाई गरिवीबाट मुक्त गराउन सम्बन्धित सबै पक्षको संयुक्त पहलको आवश्यक्तामा पनि जोड दिए ।

सचिव गौतमले सरकारले गरिवी निवारणका लागि आयआर्जनका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको पनि उल्लेख गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.