नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

१ कार्तिक, काठमाण्डौ ।
नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा देशका अधिकांश भूभागको मौसममा आंशिक बदली भएको छ । मनसुन बाहिरिएर वायुमण्डलमा पश्चिमी वायुको प्रभाव परेपछि नेपालमा जाडोयाम सुरु हुने गरेको छ ।

पश्चिमी वायुको प्रभाव परेसँगै देशैभर तापक्रम घट्दो क्रममा रहेको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिमी भूभागमा देखा परेको छ । यसैको प्रभावले पश्चिमी भूभागको साथै मध्य तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदलीका साथै क्षणिक वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ । यस्तै, शनिबार पनि पश्चिमी पहाडी भूभागको मौसम सामान्य बदलीकै अवस्थामा रहने महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.