१ कार्तिक, तेह्रथुम ।
तेह्रथुमको फेदाप गाउँपालिका–१ माझीगाउँका ६४ बर्षीय बिर बहादुर माझी तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
बिहिवार दिउँसो २ बजे तमोर नदिको बिचमा रहेको बास निकाल्न जाने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका थिए ।
माझीको प्रहरी चौकी पोक्लाबुङबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।