२ कात्तिक, काठमाडौँ ।
आज देशभरिको मौसममा बदली भएको छ । आज देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक मौसम बदली भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ ।
आज अपराह्नपछि पहाडी भेगका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । मध्य तथा पश्चिमी पहाडी भु–भागमा आंशिक बदली रही पूर्वी र मध्य पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको हो ।
भोलि कार्तिक ०३ गते पनि देशभर आंशिक देखि सामान्य बदली रही देशका पूर्वी र मध्य पहाडी भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो अवस्था पर्सिसम्मै रहने जनाईएको छ ।