२ कात्तिक, काठमाडौँ ।
बलात्कार प्रयास गरेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।
१० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या भएपछि थप उपचार थालिएको हो । महरालाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । अस्पतालका अनुसार महराको मुटुको देब्रेपट्टि केही समस्य देखिएकाले थप उपचार र परीक्षण भइरहेको छ ।
असोज १२ गते राती संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेसँगै उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती करणी उद्योगमा अनुसन्धान थालेको छ । असोज १९ गते नियन्त्रणमा लिएको महरा २३ गतेदेखि अस्पतालमा छन् ।