चितवन राइनोजको लगातार तेस्रो जित

चितवन राइनोजको लगातार तेस्रो जित

२ असोज, काठमाडौँ ।
वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोज क्वालिफायरमा प्रवेश गरेको छ ।

कीर्तिपुर स्थित टियु मैदनमा शनिबार भएको खेलमा चितवनले पोखरा पल्टनलाई सात विकेटले हरायो । खेलमा चितवनले लगातार तेस्रो जित निकालेको छ । चितवन एक खेल अगाडीनै क्वालिफायरमा पुगेको हो ।

यसअघि चितवनले पहिलो खेलमा क्याट क्विन्स काठमाडौंलाई पाँच विकेट र दोस्रो खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनले हराएको थियो । एक सय २८ रनको विजय लक्ष्य पछ्याएको चितवनले १८ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

चितवनको जितमा ओपनर काजल श्रेष्ठले ५१ रन बनाए । कन्चन श्रेष्ठले २९ र कप्तान इन्दु बर्माले २४ रन बनाईन् । पोखराकी अन्जली चन्दले दुई विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनायो । पोखराको लागि कप्तान सीता रानामगरले सर्वाधिक ६५ रन बनाईन् ।

मन्जु बोगटीले अविजित २४ र कविता कुवरले १५ रनाईन् । चितवनकी कविता गौतमले दुई र रेखा रावलले एक विकेट लिए । चितवनले लिगचरणको अन्तिम खेल आइतबार विराटनगर टाइटन्ससँग खेल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.