२ कात्तिक, काठमाडौँ ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गरेकी छिन् । खानेपानी मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले सनिबार बिहान स्थलगत निरीक्षण गरेकी हुन् ।
निरीक्षणपछि उनले पशुपति क्षेत्रस्थित बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिइन् । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको भन्दै उनले सबैको चाहाना अनुसार बागमतिलाई प्राण भरेर कंचन पानी बग्ने व्यवस्था मिलाउने बताइन् । उनले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतिपुर्ण नै बनेको बताइन् ।
उनले फोहरको व्यवस्थापकिय पक्षप्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाई सबै किसिमको धार्मिक संस्कारलाई सहजीकरण हुने गरी व्यवस्था मिलाईने आश्वासन पनि दिइन् ।