चिनियाँ अभिनेत्री सु चिङ बनिन् ‘भ्रमण वर्ष २०२०’को सद्भावना दूत

चिनियाँ अभिनेत्री सु चिङ बनिन् ‘भ्रमण वर्ष २०२०’को सद्भावना दूत

२ कार्तिक, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले चिनियाँ अभिनेत्री सु चिङलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त गरेका छन्। । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूतको रुपर्मा प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताइन् । ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ, बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु, भन्यबाद्’, प्रमाणपत्र ग्रहण गरेपछि अभिनेत्री सु चिङले भनिन्।

पर्यटनमन्त्री योगेश भट्टराईले भने नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’ मन्त्री भट्टराईले भने ‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु, अव गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु ।’

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.