२ कात्तिक, दुहवी ।
सुनसरीको दुहवि नगरपालिका–२ दंगा नियन्त्रण प्रहरी गण दुहवीको गेट अगाडी मोटरसाईकल दुर्घटना हुँदा १ जना प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा १ जना प्रहरी जवान गम्भीर घाईते भएका छन् ।
शनिबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरी जाँदै गरेको दुई प्रहरी जवान सवार स ७ प ७२३८ नम्बरको मोटरसाईकललाई विपरीत दिशा तर्फ जाँदै गरेको को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाईकल चालक उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत २८ बर्षिय प्रहरी जवान सुजन रेग्मी र पछाडि सवार मोरङको गोविन्दपुर–१ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत २८ बर्षिय प्रहरी जवान किरण कठेत गम्भीर घाईते भएका थिए ।
घाईते भएका दुबैजनालाई उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा बिहान साढे ६ बजेको समयमा मोटरसाईकल चालक प्रहरी जवान सुजन रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने बसलाई दंगा नियन्त्रण प्रहरी गण दुहविले नियन्त्रणमा लएको छ भने बस चालक सुनसरीको भोक्राहा गाउँपालिका–३ बस्ने ३९ बर्षिय पंच नारायण मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।