२ कात्तिक, विराटनगर ।
भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको मालसमान विराटनगर–१५ स्थित राम जानकी चोकबाट प्रहरीले बरामद् गरेको छ ।
शुक्रबार यात्रु बाहक मारुती भेनमा राखी ल्याउँदै गरेको अन्दाजी ५० हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न मालसामान ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
सो समान आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको प्रहरीले जनाएको छ ।