कलैया उप–महानगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारे

कलैया उप–महानगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारे

३ कात्तिक, बारा ।
वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीमाथि कारबाहीको माग गर्दै कलैया उप–महानगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका छन् ।

उप–महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत हरिनारायण बेल्वासेलाई आक्रमण र गालीगलौज गरेको भन्दै कर्मचारीहरुले सहनीमाथि कारबाहीको माग गर्दै आइतबारदेखि उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द गरेका छन् ।

कर्मचारीको आन्दोलन कारण सबै संस्था बन्द हुँदा स्थानीय भने मर्कामा परेका छन् ।

गएको शुक्रबार वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन हटाएको भन्दै आफूलाई गालीगलौज गर्नुको साथै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले आरोप लगाएका छन् ।

उता वडाध्यक्ष सहनीले भने आफूले वडाको योजना किन हटाएको भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद हुँदा टेबल ठोकाठोक मात्रै गरेको तर हातपात भने नगरेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.