भ्रमण वर्षका लागि सरकारले सद्भावना दूतहरु नियुक्त गर्ने

भ्रमण वर्षका लागि सरकारले सद्भावना दूतहरु नियुक्त गर्ने

३ कात्तिक, काठमाडौँ ।
सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सद्भावनादूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

त्यसका लागि उहाँले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गरे । आइतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवद्र्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।

उनले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए । विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवद्र्धन गर्ने काममा समस्या देखिएको पनि मन्त्री भट्टराईको भनाई थियो ।

मन्त्री भट्टराईले जननिर्वाचित तीनै तहको सरकारहरुले काम गरिरहेकाले मुलुकमा छिट्टै सुशासन आउनेमा आश्वस्त हुन पनि सबैलाई आग्रह गरे । मन्त्री भट्टराईले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.